Friday, January 16, 2015

लाग्छ मलाई

न कालो रातसंग, डर लाग्छ मलाई
न कुनै आफ्नाको, भर लाग्छ मलाई

मेरो सामु केवल, ढोंगी जमात मात्र
टुटीफुटी हाँस्न, कर लाग्छ मलाई
न कुनै आफ्नाको, भर लाग्छ मलाई



प्रकृतिको नियम, मैले भोगेको सब्,
म पशु रे अरु, नर लाग्छ मलाई
न कुनै आफ्नाको, भर लाग्छ मलाई

श्याम्लाई श्वेत् भन्ने, छैन आँट मेरो,
बरु तितो श्राप् नै, वर लाग्छ मलाई
न कुनै आफ्नाको, भर लाग्छ मलाई

यौटा जीवन् मेरो, बाँच्छु हार मान्दिन
तिम्ले टेकेको ठाउँ, घर लाग्छ मलाई
न कुनै आफ्नाको, भर लाग्छ मलाई

दृश्य त्यो अदृश्य, भएकै पलबाट,
'दृष्टी' जीवन् जर्, जर लाग्छ मलाई
न कालो रातसंग, डर लाग्छ मलाई
न कुनै आफ्नाको, भर लाग्छ मलाई

बिश्राम : ६ अक्षरमा

No comments:

Post a Comment