भन्ने हरुले के के भने म त केवल सुनि रहेछु
गुण मेरो बेकार बैगुन भो हो म बैगुनी रहेछु
गुण मेरो बेकार बैगुन भो हो म बैगुनी रहेछु
फलेको हुदा फूलेको हुदा छहारीमा धेरै धेरै
पत्तै भएन खडेरीमा एक्लै एक्लै हुनी रहेछु
पत्तै भएन खडेरीमा एक्लै एक्लै हुनी रहेछु
थिएरे मायालु सबैका लागी, दयालुरे कति कति
आज भन्छन उनिहरुनै मत खोटी खुनी रहेछु
आज भन्छन उनिहरुनै मत खोटी खुनी रहेछु
गर्ब थियो मेरो कर्ममा सबैलाई खुसी पाउदा
अरुलाई कतिन्जेल हुन्थे, आफ्नै लागि नहुनी रहेछु
अरुलाई कतिन्जेल हुन्थे, आफ्नै लागि नहुनी रहेछु


No comments:
Post a Comment