मित्रताको नाममा मलाई चलायौ किन
उन्मादको रापले मेरो खुसि जलायौ किन
घात पछिको कुठाराघात सहनु कसोरी
ऐईजेरु भै मुटुमा मेरो पलायौ किन
कठोर थिय म चटान सरि रुने बनायौ
म बाचेको मेरो आस्थालाई ढलायौ किन
समयले छुटाउदा पनि जोड्यौ नाता व्यर्थै
माया गरे झैँ नजाऊ भनि बोलायौ किन
विश्वास गर्न सक्दिन कसैलाई पनि अब
युगौ बाच्छु भन्ने दृष्टिलाई गलायौ किन
उन्मादको रापले मेरो खुसि जलायौ किन
घात पछिको कुठाराघात सहनु कसोरी
ऐईजेरु भै मुटुमा मेरो पलायौ किन
कठोर थिय म चटान सरि रुने बनायौ
म बाचेको मेरो आस्थालाई ढलायौ किन
समयले छुटाउदा पनि जोड्यौ नाता व्यर्थै
माया गरे झैँ नजाऊ भनि बोलायौ किन
विश्वास गर्न सक्दिन कसैलाई पनि अब
युगौ बाच्छु भन्ने दृष्टिलाई गलायौ किन


No comments:
Post a Comment