Saturday, January 17, 2015

कोहि आउदै छरे छिट्टै लिन मलाई .
बाबा आमा तयार छन दिन मलाई .
समपन्न छरे सु खी राख अरे धेरै..
खै!खुसि नदि गर्ने होकि हिन मलाई.
कुण्डली मिल्न बाकी छरे भन्ने सुनेकी
हजुर कै याद आउछ छिनछिन मलाई.
उ जुनीमा बाचा को संग भाको छ मेरो ?
हजुर ब्यर्थ मौन.. लाग्छ किन मलाई 
माग्नुस न मेरो हात मेरो घर आइ
लगाउनुसन मायाको ऋण मलाई 
कतै पर पर मेरो, संसार छुटेको छ प्रिय
नियतिले नराम्ररी. कुट्नु कुटेको छ प्रिय
कत्ति निन्दनिय भो, मेरो जीवन हेर्दा हेर्दै
प्यारा सपना चकनाचुर, भै फुटेको छ प्रिय
पत्तै नपाई कूशंकारको, जालमा परेछु म
दुनियाले पटकपटक , लुट्नु लुटेको छ प्रिय
होस् आउदा चिहानमा, रहेछ कठै जीवन
बल्ल आत्मा दल्दलबाट, हास्दै उठेको छ प्रिय
जेजे भयो जति भयो ,सबै बिर्सिएर अब
मेरा पाइला अघि बढ्न, साहस जुटेको छ प्रिय
भन्ने हरुले के के भने म त केवल सुनि रहेछु
गुण मेरो बेकार बैगुन भो हो म बैगुनी रहेछु
फलेको हुदा फूलेको हुदा छहारीमा धेरै धेरै
पत्तै भएन खडेरीमा एक्लै एक्लै हुनी रहेछु
थिएरे मायालु सबैका लागी, दयालुरे कति कति
आज भन्छन उनिहरुनै मत खोटी खुनी रहेछु
गर्ब थियो मेरो कर्ममा सबैलाई खुसी पाउदा
अरुलाई कतिन्जेल हुन्थे, आफ्नै लागि नहुनी रहेछु
कोहि भन मृत्यू हो आखिर के
हे भगवान जीवन बक्स दे
बाकी छ गर्न सुकार्य कति
के ठान्छ आफुलाई कालले
जो खाचो छ युगलाई जति
छानेर उही लाग्ने हो कति
काखको बालक खोसेर लाने
युग बाहकलाई घिसार्ने अति
हे काल तेरो छ बन्ध दृष्टि
अपांग बनाई छोडिस यो सृष्टि
सहनु कति सम्म सहनेले
अति भो बज्रपातको बृष्टि
सुन्दर फूल जहाँ फुल्छ, पहराको बीच
सपनीमा तिमी नाच्छ्यौ, छहराको बीच

मेरो प्रेम तिमीलाई, अतुलनीय छ
तिमि छौ र प्रकृतिमा, प्रेम अमुल्य छ
तिम्रै एकै बचनमा, प्रेम गुन्जायमान
यो सृष्टिको अर्थ बोक्ने तिमी एउतै नाम
युगौयुग चुन्छु तिमीलाई, लहरको बीच
सुन्दर फूल जहाँ फुल्छ, पहराको बीच
सपनीमा तिमी नाच्छ्यौ, छहराको बीच
तिमीसंग मिलेर म, संसारलाई बदल्नेछु
हुन्नौ भने मेरो तिमी, म त्यसैयसै ढल्नेछु

थाहा छैन म हुनुको, के अर्थ छ त्यो जीवनमा
म देख्दछु सुन्दर सृष्टि, हामी दुईको मिलनमा
हुने छैन मबाट धोका, साहाराको बीच
सुन्दर फूल जहाँ फुल्छ, पहराको बीच
सपनीमा तिमी नाच्छ्यौ, छहराको बीच





मैले सेतो मानेको लाई अरुले कालो भन्दा मलाई शंका नहोस, त्यति विश्वास म भित्र जगाउन सक्छौ भने तिम्रो मित्रता स्वीकार छ मलाई !
निकै आगाडी आफ्नो एउटा रचनामा लेखेकी यो पंक्तिले छोएको छ आज मन भित्र सम्म