Sunday, January 18, 2015

कतै पर पर मेरो, संसार छुटेको छ प्रिय 
नियतिले नराम्ररी. कुट्नु कुटेको छ प्रिय 

कत्ति निन्दनिय भो, मेरो जीवन हेर्दा हेर्दै 
प्यारा सपना चकनाचुर, भै फुटेको छ प्रिय 

पत्तै नपाई कूशंकारको, जालमा परेछु म 
दुनियाले पटकपटक , लुट्नु लुटेको छ प्रिय

होस् आउदा चिहानमा, रहेछ कठै जीवन
बल्ल आत्मा दल्दलबाट, हास्दै उठेको छ प्रिय

जेजे भयो जति भयो ,सबै बिर्सिएर अब
मेरा पाइला अघि बढ्न, साहस जुटेको छ प्रिय 

No comments:

Post a Comment