Saturday, January 17, 2015

कोहि भन मृत्यू हो आखिर के
हे भगवान जीवन बक्स दे
बाकी छ गर्न सुकार्य कति
के ठान्छ आफुलाई कालले
जो खाचो छ युगलाई जति
छानेर उही लाग्ने हो कति
काखको बालक खोसेर लाने
युग बाहकलाई घिसार्ने अति
हे काल तेरो छ बन्ध दृष्टि
अपांग बनाई छोडिस यो सृष्टि
सहनु कति सम्म सहनेले
अति भो बज्रपातको बृष्टि

No comments:

Post a Comment