Sunday, January 18, 2015

हे भगवान ! भाग्य यो के लेख्यौ केर्न मात्रै
मेरो खुसि बलि चढाए त्यो खुसि हेर्न मात्रै 
ठगि रहेछौ यसरी मलाई पलपलमा 
किन प्रहार आक्रमणको धार सेर्न मात्रै 
न समाल्न पाए खुसि आर्जेको आफैले पनि 
म रहेछु बिबसताको पासो बेर्न मात्रै 
पूजा मेरो मर्माहित छ आस्ता ढलेकोले 
अब बाकी के के छ अझै मैले टेर्न मात्रै ...दृष्टि
नहार्ने म हारी रहे जित्न छोडेर युग
उसैका लागि बाकी अब यो जुनी फेर्न मात्रै

No comments:

Post a Comment